भरतपुर २६ मा डेङ्गी सम्वन्धि सचेतना कार्यक्रम सम्पन

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, १३ : ४१
भरतपुर २६ मा डेङ्गी सम्वन्धि सचेतना कार्यक्रम सम्पन

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २६ मा डेङ्गी सम्वन्धी सचेतना कार्यक्रम गरिएको छ ।  दिब्यनगर स्वास्थ्य चौकीको आयोजनामा वडा कार्यालयमा भएको डेङ्गी रोग संम्बन्धी सचेतना तथा लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौ अभियान सञ्चालन गरिएको थियोे । 

निरन्तर वर्षा भईरहेको र डेङ्गीका बिरामीको सङ्ख्या बढेको कारण आफ्नो घर र वरपरका स्थानमा सरसफाईमा विशेष ध्यान दिन वडा अध्यक्ष ज्ञान प्रसाद खनालले वडा बासीमा अनुरोध गरेका छन।  वर्षतको महिना संगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप बढ्ने हुदा स्थानीयले  आफु बस्ने ठाउं वरिप री फालिएका खाली बट्टा,ड्रम,पुराना टायरमा पानी जम्न नदिन आग्रह गरे । पछिल्लो समय चितवनमा डेङ्गीको संक्रमण बढ्दै गएको छ । संक्रमणको जोखिम बढेसंगै स्थानिय सरकार, टोल विकास संस्था र सरोकार राख्ने निकायहरुको सक्रियता बढ्दै गएको छ । 

यो रोग घर वरिपरि बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । विहान र सांझपख को समयमा यी लामखुट्टे बढी सक्रिय हुने हुदा यो समयमा थप सचेत हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख एकनारायण अर्यालले जानकारी गराए । यो रोग अघिल्लो वर्षको तुलनामा अप्रत्यासित तरिकाले बढ्दै गएको हुदा लामखुट्टेको बृद्दि बिकास नियन्त्रण गर्न सबैजना लागीपर्नुपर्ने उनले बताए । 

कार्यक्रमा वडामा रहेका बिधालयहरुका शिक्षक शिक्षीका,टोल विकास संस्थाका प्रतिनीधीहरु,महिला स्वंयम सेवीका लगायत जनप्रतिनीहरुको सहभागिता रहेको थियो । वडा  सचिब चुडामणी भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा आदर्श माध्यमिक बिधालयका प्राध्यापक मित्रबन्धु चापागाईले सवैलाई स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस