महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, १९ : ०४
महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई दिइएको छ । 

शनिबार बसेको समितिको बैठकले निष्कर्ष लेख्ने जिम्मा विष्टलाई दिएको समितिका सदस्य मिन बहादुर विश्वकर्माले जानकारी दिए । प्रतिवेदनमा अन्तिम निष्कर्षमा एक मत भए पारित गर्ने फरक मत भए थप छलफल गरिनेछ ।

प्रतिवेदन पारित भएपछि आजै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस