दुई न्यायाधीशलाई महाअभियोग लगाउन संघर्ष समितिको माग

सफल खबर संवाददाता

सोमबार, २४ भदौ २०८१, १३ : २३
दुई न्यायाधीशलाई महाअभियोग लगाउन संघर्ष समितिको माग

काठमाडौँ । उपत्यका सडक संघर्ष समितिले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने भनेर फैसला गर्ने सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेको छ ।

सोमबार संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाउदै यस्तो माग गरेको हो । त्यसक्रममा संघर्ष समितिका संयोजक सुमन सायमीले सर्वोच्चले उपत्यकाका नदी किनारामा २० मिटर छाड्नुपर्ने भन्दै संविधानको मर्मविपरित आदेश गरेकाले त्यसको कार्यान्वयन गर्न नसकिने बताए ।

साथै उनले त्यस्तो फैसला गर्ने न्यायमुर्तिमाथि महाअभियोग लगाउन समेत माग गरेका छन् । न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र विनोद शर्माले २० मिटर कायमको फैसला गरेका थिए ।

ध्यानाकर्षणत्र-