म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।
मुस्ताङबाट स्याउ बोकेर पोखराका लागि छुटेको ग १ ख ४१७७ नम्बरको ट्रक बुधबार दिउँसो ३ बजे बेनी–जोमसोम सडकको घाँसास्थित ओरालोमा ब्रेक फेल हुँदा भित्तामा जोतिएर सडकमा पल्टिँदा चालकको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ । ज्यान गुमाउने चालक सोलुखुम्बु जिल्ला सल्लेरीका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ भदौ २०७९, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङमा ट्रक दुर्घटना : एकजनाको मृत्यु , ८ घाइते
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना
मुग्लिन-नारायणगढ सडकमा ट्रक दुर्घटना