काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो ।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो । बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ भदौ २०७९, १७ : ०१
लेखकबाट थप