एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पिएसजी ले विजयी सुरुवात गरेको छ। फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल गरेको खेलमा पिएसजीले युभेन्टसलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
पिएसजीले घरेलु मैदानमा भएको खेलमा पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको पाँचौ मिनेटमा एमबाप्पेको गोलबाट अग्रता लिएको थियो। २२ औँ मिनेटमा पिएसजीले एमबाप्पेकै व्यक्तिगत दोस्रो गोलमा अग्रता दोब्बर बनायो। उनले अचरफ हाकिमीको पासमा गोल गरेका थिए।
पहिलो हाफमा २ गोलको अग्रता लिए पनि पिएसजीविरुद्ध युभेन्टसले ५३ औँ मिनेटमा वेस्टन म्याककेन्नीको गोलमार्फत खेलमा फर्किएको थियो। तर, दोस्रो हाफमा पिएसजीले गोल गर्न सकेन। जितसँगै समूह ‘एच’ मा ३ अंक जोडेको छ। समान ३ अंक नै भए पनि बेन्फिका पिएसजीभन्दा अघि छ। यही समूहको अर्को खेलमा बेन्फिकाले माकावी हाइफालाई २-० ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ भदौ २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बाप्पेको ह्याट्रिकमा सिटीविरुद्ध रियल म्याड्रिडको जित
एम्बाप्पेको निर्णायक गोलमा रियल मड्रिड हारबाट जोगियो
एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी
एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता
रियल म्याड्रिडमा भित्रिए एम्बाप्पे