काठमाडौँ । सरकारले सोमबारदेखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम गर्न नपाउने भएको हो।
आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न भदौ २ गते आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारलाई १८ दिनको समय दिएको पनि स्पष्ट पारे। उनले भने, ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरु दिँदै आएको छ। कर्मचारीहरुलाई सरुवा गर्ने अथवा अरु चलाउने काम चाहिँ २० गतेसम्म सकिसक्नू भनेर करिब १८ दिनको समय दिएर नेपाल सरकारलाई निर्देशन आयोगले दिएको थियो।’
निर्वाचन आयोगले यस अघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ।
कर्मचारीहरुलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरुमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० भदौ २०७९, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन सुरक्षाका लागि आयोगको ६ बुँदे निर्णयः आचारसंहिता उल्लंघन गरे उम्मेदवारलाई तत्कालै कारबाही