सोल । दक्षिण कोरिया, न्यूजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार पनि अप्रत्यासितरूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्यूजिल्याण्डमा अनुसार १७ जनाको मृत्यु भएको छ ।
न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन् ।
एक महिनाअघि न्यूजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हाल न्यूजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । देशमा कुल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । मङ्गलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ ।
सोमबारको तुलनामा मङ्गलबार भारतमा पनि कोरोनाका बिरामी बढेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सात हजार दुई सय ३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ । नयाँ बिरामी थपिएसँगै देशभरका सङ्क्रमितको सङ्ख्या चार करोड ४४ लाख २८ हजार तीन सय ९३ पुगेको छ ।
मङ्गलबार उक्त रोग लागेर ४५ जनाको मृत्यु भएको छ । महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर पाँच लाख २७ हजार आठ सय ७४ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ भदौ २०७९, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरिया जाने भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
भाषा परीक्षा पास गरेकाहरूलाई छिटो कोरिया पठाइदिन माग
अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने