काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ। उक्त संगठनले आज एक विज्ञप्ति जारी गरी त्रिवि बचाउ अभियान सुरु गरेको हो । जारी विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख छ ।
विज्ञप्ति जारी गर्दै सो विद्यार्थी संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघर्षका कार्यक्रमहरुमा विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म २४ सै घण्टा विश्वविद्यालय खुल्ला राखिनेछ । सो कार्यक्रम अन्तर्गत कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला राख्ने विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै सो कार्यक्रममा विम्वात्मक रुपमा बत्तीहरु पनि बालिने र पानीको धाराहरु खुल्ला राखिनेछ भने विश्वविद्यालयका गेटहरु खुल्ला राखिने जनाइएछ । विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि राख्दै आएका मागहरु पुरा नगरिए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी