जुम्ला। स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।
धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।
निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ । ‘त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रु ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब रु ५० करोड आम्दानी हुन्छ’, उनले भने, ‘तत्कालै शीत भण्डारको व्यवस्था नहुँदा अझै किसानले बढी लाभ लिन नपाउने अवस्था यथावतै छ ।’
स्याउ निर्यातको तथ्याङ्क राख्न कालीकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको उनले बताए । त्यस्तै जुम्ला विमानस्थलबाट बाहिरिने स्याउको तथ्याङ्क सङ्कलन गर्न विमानस्थल प्रहरीलाई जिम्मा दिइएको छ । खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ भदौ २०७९, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेडपाण्डा संरक्षण अभियानमा जुटे जुम्लाका स्थानीय
जुम्लामा पहिलो चौमासिकमा करिब १२ प्रतिशत मात्र विकास खर्च
जुम्लामा एउटै वडाबाट ३ करोडको सिमी उत्पादन
जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो
जुम्ला जिल्ला पूर्ण खोप सुनिश्चिता घोषणा
जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली