काठमाडौं । भन्सार छली गरेको आशङ्कामा प्रहरीले आठ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ।
तेस्रो मुलुकबाट आएको स्याउ भन्सार छली गरेर लगिएको आशंकामा शुक्रबार राति नेपाल–भारत सीमा नजिकैबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्याउ विराटनगर भन्सारबाट जाँच पास भएर भान्टाबारी नाका हुँदै निकासीका लागि ल्याइएको थियो।
प्रहरीले नियन्त्रणमा लिएका मध्ये पाँच कन्टेनर भारतीय नम्बर प्लेट र तीन कन्टेनर नेपाली नम्बर प्लेटका छन्।
प्रहरीले एनएल ०१ एइ ४७०५, एनएल ०१ एइ ३७२२, एनएल ०१ एन २६६३, एनएल ०१ एबी २४१० एनएल ०१ कियू २२२२, ना. ५ ख ५६००, को १ ख ६९३९०१– ०२–००१ ख ८५५६ नम्बरको कन्टेनर नियन्त्रणमा लिएको हो। ती सबै कन्टेनरमा चिनियाँ स्याउ छन्। यसअघि पनि चीनबाट स्याउ ल्याएर भारत निकासी भइरहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ भदौ २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो
मुस्ताङमा फल्यो अहिलेसम्मकै धेरै स्याउ, किसानले भित्र्याए ९२ करोड
सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ
दशैंलाई कोसेली मुस्ताङी स्याउ