काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । नेविसंघ त्रिविले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको हो ।
छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको त्रिवि नेविसंघका उपसभापति लक्ष्मण भाटले बताए ।
उपकुलपतिलाई नभेटेपछि उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइ दिएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ भदौ २०७९, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि खुलायो मौका परीक्षा फारम
माघ ११ सम्म थपियो त्रिविमा स्नातक तहको भर्ना समय
त्रिविद्वारा २४ वटा क्याम्पसमा प्रमुख नियुक्त, को कहाँ ?
अब दीक्षान्तको शैली बदल्दै त्रिवि
त्रिविमा ८ डीन नियुक्त