ट्रम्प–किम वार्ता : के छ संयुक्त सहमतिपत्रमा ?

मंगलबार, २९ जेठ २०७५, १८ : २९
ट्रम्प–किम वार्ता : के छ संयुक्त सहमतिपत्रमा ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनले सिंगापुरमा अभूतपूर्व वार्ता गरेपछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

दुईदेशबीच भएको सहमतिको बुँदा हेर्नुस् :

१. शान्ति र समृद्धिको लागि दुवै देशको जनताको चाहना अनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया -उत्तर कोरिया) दुई देशबीच नयाा सम्बन्ध स्थापनाको लागि प्रतिबद्ध छन् ।

२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायद्विपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णको लागि आ-आफ्नो तर्फबाट प्रयास गर्नेछन् ।

३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोम सम्झौता’लाई पुनःपुष्टि गर्दै उत्तर कोरिया कोरियाली प्रायद्विपको सम्पूर्ण निशस्त्रिकरणको लागि काम गर्न प्रतिबद्ध छ ।

४. संयुक्त राज्य अमेरिका र उत्तर कोरिया युद्धबन्दीहरु र हराएकाहरुको खोजीमा प्रतिबद्ध छ र पहिचान भैसकेकाहरु युद्धबन्दीहरुलाई तुरुन्तै आ-आफ्नो देश फर्काइने छ ।

सम्बन्धित समाचार
-अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा एेतिहासिक वार्ता सुरु

-सकियो  ट्रम्प-किम वार्ता, दुवै आजै स्वदेश फर्कने

-यस्तो रह्यो ट्रम्प–किम भेटवार्ता (फोटोफिचर)

-ट्रम्प‍-किम भेटवार्ता: संयुक्त सहमतिपत्रमा हस्ताक्षर

-ट्रम्प र किमले लन्चमा केके खाए ?

-ट्रम्प–किम  वार्ता : विश्वको अपेक्षा शान्ति र एकता
 

प्रतिक्रिया दिनुहोस