ट्रम्प‍-किम भेटवार्ता: संयुक्त सहमतिपत्रमा हस्ताक्षर

मंगलबार, २९ जेठ २०७५, १३ : ३६
ट्रम्प‍-किम भेटवार्ता: संयुक्त सहमतिपत्रमा हस्ताक्षर

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनले सिंगापुरमा अभूतपूर्व वार्ता गरेपछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन् ।

उनले विगतको दांजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्राय:द्वीपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन् ।

उनले दुवै पक्षले एकदमै विशेष सम्बन्ध विकसित गरेको समेत भनेका छन् । नेता किमले बैठक ऐतिहासिक भएको भन्दै विश्वले अब ठूलो परिवर्तन देख्न पाउने बताए । दुवै पक्षबीच हस्ताक्षर भएको सहमति पत्र पत्रकारहरुलाई वितरण गरिंदैछ ।

संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निश्शत्रीकरणका लागि जोड दिंदै आएको थियो । -बीबीसी

सम्बन्धित समाचार
-अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा एेतिहासिक वार्ता सुरु

-सकियो  ट्रम्प-किम वार्ता, दुवै आजै स्वदेश फर्कने

-यस्तो रह्यो ट्रम्प–किम भेटवार्ता (फोटोफिचर)
 

प्रतिक्रिया दिनुहोस