एजेन्सी । मलेसियका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।
लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्व प्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को हालैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरे ।
एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्व प्रधानमन्त्रीले चीनको एक अंगको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र २ प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरे ।
चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र हालसम्म त्यसो नगरेकाले अब पनि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताउँदै उनले युद्ध भएमा ताइवानलाई सघाउने बाहनामा हतियार बेच्न पाइने तथा उक्त क्षेत्रमा अस्थिरता भए आफूलाई फाइदा हुने अमेरिकाले ठानेको विश्लेषण सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ भदौ २०७९, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते
ताइवानमा नौ जना सवार जहाज डुब्यो
ताइवानी आकाशमा चिनियाँ लडाकु विमान
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
ताइवान भूकम्प अपडेट : ४ को मृत्यु, २६ वटा भवनमा क्षति