प्रहरीद्वारा गुण्डागर्दी गर्ने अशोक लामालाई गोली हानेर पक्राउ

सोमबार, २८ जेठ २०७५, १६ : १७
प्रहरीद्वारा गुण्डागर्दी गर्ने अशोक लामालाई गोली हानेर पक्राउ

काठमाडौं । प्रहरीले गुण्डागर्दीको आरोपमा अशोक लामालाई गोली हानेर पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार लामामाथि यसअघि दुईपटक ज्यान मार्ने उद्योग र अन्य सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो । उनी व्यावसायीसँग चन्दा आतंक गर्ने, धम्क्याउनेलगायत कार्यमा संलग्न रहेको र उनको खोजी कार्य भइरहेको एसएसपी सिहंले बताए । घटनास्थलबाट १ थान पेस्तोल र दुई गोली बरामद भएको उनले बताए ।

लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ । उनको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको एसएसपी सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस