बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, ११ : १०
बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला

बुटवल । बुटवलको एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् ।

धादिङको कुम्पुर घर भएका अन्दाजी ३५र३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए ।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन ।  दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस