अमेरिकामा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, ०८ : ०६
अमेरिकामा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्री ओलीको कार्यक्रम स्थगित

काठमाडौँ । हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा कार्यक्रम स्थगित हुन पुगेको छ । न्युयोर्कमा अइतबार आयोजित उक्त कार्यक्रममा नेपाली समाजले विरोध गर्ने भएपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो । 

नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले कार्यक्रम तय भएपनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर स्थगित गरिएका पुष्टि गर्यो । 

प्रधानमन्त्री ओलीसहितका नेपाली अधिकारीहरु संयक्त राष्ट्र संघको महासभा अन्तरगतको कार्यक्रमका साथै अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको तथा समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी बृहत् कार्यक्रम स्थगन गरिएको महावाणिज्यदूतावासले जार िगरेको सूचनामा उल्लेख छ । 

आइतबार जारी सूचनामा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाको संयक्त राष्ट्र संघको महासभा, Summit of the Future  तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ ।'

प्रतिक्रिया दिनुहोस