दुर्गा प्रसाईंका समर्थकहरु पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, ०८ : २२
दुर्गा प्रसाईंका समर्थकहरु पक्राउ

काठमाडौ । प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ । 

यसैगरी नागरिक प्रतिरक्षा बल (पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राई पनि पक्राउ परेका छन् । प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रसाईंलाई आइतबार साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस