इन्टर मिलानविरुद्ध एसी मिलानको रोमाञ्चक जित

एजेन्सी

सोमबार, ०७ असोज २०८१, ०७ : ४६
इन्टर मिलानविरुद्ध एसी मिलानको रोमाञ्चक जित

एजेन्सी । म्याटेओ गाब्बियाले अन्तिम मिनेटमा गोल फर्काएपछि इन्टर मिलानविरुद्ध एसी मिलानले रोमाञ्चक जित निकालेको छ।

इटालियन सिरि ए अन्तर्गत मिलान डर्बीमा एसी मिलानलले इन्टर मिलानमाथि नाटकिय जित दर्ता गरेको हो।आइतबार राति भएको खेलमा एसी मिलानले इन्टर मिलानमाथि २–१ को रोमाञ्चक जित निकालेको छ।

पहिलो हाफको १० औँ मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा एसी मिलानले खेलका सुरुवाती अग्रता बनाएको थियो। तर २७ औँ मिनेटमा फेडेरिको डिमार्कोको गोलमा एसी मिलान खेलमा फर्किएको थियो। 

खेलको दोस्रो हाफमा गोलका लागि दुवै टोलीले संर्घष गरेपनि सफल हुन सकेका थिएनन्। तर ८९ औँ मिनेटमा गाब्बियाले गोल फर्काएपछि एसी मिलानले रोमाञ्चक जित निकाल्दै अंक तालिकामा तीन अंक थप्न सफल भयो। 

गएराति नै भएको अन्य खेलमा रोमाले उडिनेसमाथि ३–० को फराकिलो जित निकाल्यो। बोलाग्नाले मोन्जालाई तथा फियोरेन्टिनाले लाजियोमाथि समान २–१ को नतिजा निकाले।

प्रतिक्रिया दिनुहोस