गोरेको प्रहरीको पद बढुवासम्म पावर लाग्थ्यो, गोरेले डिएसपी केसीलाई डिआईजी बनाउने जिम्मा लिएको अडियो सार्वजनिक (अडियो)

सोमबार, २८ जेठ २०७५, ११ : ४९

चितवन । साढे ३३ किलो सुन प्रकरणका घटनाका बारेमा अडियोहरु एक पछि अर्को गर्दै बाहिरा आईरहेका छन् । तस्कर र उनीहरुको सहयोग गर्ने प्रहरीले सबै घटनाको अडियो प्रमाण स्वरुप राखेको पाईएको छ । अपराध महाशाखाका डिएसपीप्रजित केसी र गोरेबिचको टेलिफोन संवाद पनि बाहिरा आएको छ । सनम शाक्यको हत्यापछि अपराध महाशाखाका डीएसपी प्रजित केसी सहितको टोलीले तस्करीका मुख्य नाईके चुडामणी उप्रेती  गोरे सहितको टोलीलाई नक्कली ईन्काउन्टर गर्न गाएको पुष्टी हुने टेलिफोन संवाद आएसगैँ नेपाल प्रहरीसगँको मिलेमतो राम्रो थियो भन्ने छर्लङ देखिएको छ । डिएसपी केसी र गोरे बिचको कुराकानीमा काम मिलाई दिए डिआईजी बनाई दिने आश्वसन गोरेले दिएका छन् । गोरेले भनेका छन् -डिआईजी बनाउने काम मेरो सिद्यो !

गोरे र डिएसपीकेसी बिचको टेलिफोन संवाद

डिएसपी केसी : भरे बेलुका त भेट भईहाल्छ नै , भेटेर कुरा गरौला नि ।
गोरे : पहिला तपाई हामी अनि त्यो भन्ने मान्छे त्यो गरांै ( गोरेले कुरा सक्न नपाउदै)
डिएसपी केसी : मैले भन्न खोजेको के हो भने सुनन यस्तो हो के तिम्रो त्या धेरै उता लगेको छ नी त
गोरे : हैन उले लग्यो
डिएसपी केसी : ( गोरेले कुरा सक्न नपाउदै ) सुन भेट्टाएपछि त हामीले त्यो पनि त खुलाउन सकिन्छ नि । तिमीलाई भार पनि पर्दैन थियो नि ।
गोरे : हैन म फुल्ली म भन्दाखेरी ह्या घर यताउती सबैबाट मलाई आउँछ । मेरो कामदारहरु हुन् ।
डिएसपी केसी :अँ त्यै  त अरु तिम्ले के मिलाउँछौ । मिलाउ ठिकै छ नभए ।
गोरे : सुन्नु न ।
डिएसपी केसी : सुन भेट्यो भने भेट्यो नत्र केहि छैन ।
गोरे : तपाईलाई मेरो,त्यसमा केहि भएन । ल डन 
डिएसपी केसी : ल डन भोली पैसा रेडि गर उताको के मिलाउने हो हामी मिलाउँला , बाँकी उतै आएर बसौला । हामी छदै छौ नि । 
गोरे : ल डन 
डिएसपी केसी : त्यो फोटो राम्रोसगँ पठाउ त त्यो फोटो  , त्यस्तै प¥यो भने त्याँ त्यो गाडी गौरा बेलामा चेक पर्ने बेलामा मेरो हो छोड भन्न पनि पर्न सक्छ ।
गोरे : हैन गाडी नदेखाउने ,एउटा जंगलमा म काहीनीर ठाँउ बनाउँछु । त्यै लगेर उल्ले मान्छे देखाउँछ । त्यो सजिलो हुन्छ नि ।
डिएसपी केसी : त्यो भन्दा अगाडी  नै केहि भएर केहि भएर फेरी हाम्लाई  त यसो गर्न आईराछ भन्ने आएपछि हामी फसिन्छ बिचार गर ।
गोेरे : अहिले मैले एकदमै मैले बचाएर राखीराछ ,ढुक्क हुनुहोस्,हैन 
डिएसपी केसी : हैन को को सगँ गरे  भन्दो रहेछ ,कुरा ग¥यो भने  त फसिन्छ साथी पछि । पैसाको कुरा पनि कैसैसगँ नगर्नु हेर्नु ।
गोरे : छैन छैन । तपाई ढुक्क हुनुस न । 
डिएसपी केसी : फेरी अरुले पनि कुरा गर्ला , फेरी यही पुलिसमा जागिर खानु पर्छ पछि ।
गोरे : तपाई को के पोष्ट हो ? 
डिएसपी केसी : मेरो त डिएसपीहो । 
गोरे : ल ठिक छ तपाईलाई म डिआईजी बनाउला , सिद्द्यो ।
डिएसपी केसी : ल ल ओके ल राखे हैन ।
गोरे : ल ल । 

प्रतिक्रिया दिनुहोस