काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीले गरेका काम पनि प्रचार गर्ने नसकेको दाबी गरेका छन्।
आइतबार बिहान नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसले धेरैवटा परिवर्तनको नेतृत्व गरेको दाबी गरे।
उनले भने, ‘यतिका परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभूति गराउनेगरी छलफल चलाउन पर्छ।’ राजनीतिक परिवर्तन भइसकेको उल्लेख गर्दै उनले अब नागरिकले अनुभूत गर्ने गरी आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने नेता सिंहले बताए। कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानको एजेन्डा लिएर जनतामाझ जाने उनले बताए।
फरक प्रसंगमा नेता सिंहले परमादेशको सरकार भनेर जनादेशको अपमान गर्ने काम भइरहेको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
समस्याग्रस्त आयोजनामा समाधान खोज्नुस् : मन्त्री सिंह
सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको पहलको परिणाम देखिन थालेको छ : उपप्रधानमन्त्री सिंह
विदेशमा काण्ड मच्चाएकाहरु ठूलो नेता बन्छु भनेर लागेका छन् : उपप्रधानमन्त्री सिंह
इतिहासबाट पाठ सिकेर भूकम्प प्रतिरोधी घर बनाउन आवश्यक : उपप्रधानमन्त्री सिंह
अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउँछ : उपप्रधानमन्त्री सिंह