वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागूपदार्थ र आप्रवासीहरूको तस्करी रोक्न कडा तरिका अपनाएको छ । ट्रम्प प्रशासनले आठ वटा ल्याटिन अमेरिकी लागूऔषध कार्टेललाई विदेशी आतङ्कवादी सङ्गठन घोषित गरेको छ ।
प्रशासनको यो निर्णयले अमेरिकामा सक्रिय कार्टेलहरू र उनीहरूका सहयोगीहरू माथि दबाब बढाउनेछ । ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि जनवरी २० मा यो कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । बुधवार, ट्रम्पको आदेशलाई भेनेजुएलामा ट्रेन डे अरागुआ र एल साल्भाडोरमा एमएस–१३ लगायतका क्षेत्रहरूमा विस्तार गरिएको छ ।
यस सम्बन्धमा बुधवार सूचना जारी गरिएको छ र यो बिहीबार सङ्घीय दस्तावेजमा प्रकाशित हुनेछ । अमेरिका–मेक्सिकोलाई सुरक्षित गर्नु ट्रम्पको प्रमुख प्राथमिकताहरू मध्ये एक हो । उनले देश निकाला, सीमामा सेना तैनाथ गर्ने र आप्रवासीहरूलाई फिर्ता लैजान केही देशहरूसँग सम्झौता गर्ने बारेमा कुरा गरेका छन् ।
विदेशी आतङ्कवादी सङ्गठन भन्नाले सामान्यतया: अल–कायदा वा इस्लामिक स्टेट जस्ता राजनीतिक उद्देश्यका लागि हिंसा भड्काउने सङ्गठनलाई मानिन्छ । तर यी ड्रग कार्टेलहरूको गतिविधि र सम्बन्ध अन्तर्राष्ट्रिय भएको ट्रम्प मान्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए
ट्रम्पले खुलाए नेपाललाई दिंदै आएको ५ अर्ब रोक्नुका कारण
रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिबद्धता