काठमाडौं । बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो ।
आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग खेल्दैछ । शनिबार राति मात्रै दर्ता हुने खेलाडीमा फ्रान्क किसे, आन्द्रेस क्रिस्टियनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हा छन् ।
यद्यपि, बार्सिलोनाले यसै सरुवा बजारमा भित्र्याएका डिफेन्डर जुलेस कोन्डे भने अझै दर्ता भएका छैनन् । यसअघि बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका ओसुमाने डेम्बेले र सर्जी रोबर्टो पनि दर्ता हुन सकेका थिएनन् ।यद्यपि, यी खेलाडी पनि शनिबार राति दर्ता भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बायर्न म्युनिखमाथि बार्सिलोनाको शानदार जित
बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक
ला लिगामा रियलको जीत, बार्सिलोनासँग अंक बराबरी
बार्सिलोनामा नेपालीहरुले भरतपुर भ्रमणको बाँडे निम्तो
आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
यामालको गोलमा बार्सा दोस्रो स्थानमा