महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी

आइतबार, २७ जेठ २०७५, १३ : ५२
महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी


पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा रहेको पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालय तथा कलेजको शैक्षिक गुणस्तर वृद्धिका निम्ति सञ्चालित महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी भएको छ ।

गत वैशाख ९ देखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा उठेको जिन्सी तथा नगद गरी रु दुई करोड ६१ लाख ८९ हजार २८४ बराबरको आम्दानी र रु २२ लाख ९७ हजार ७८० खर्च भएको महायज्ञ आर्थिक समिति सदस्य शिवलाल अधिकारीले जानकारी दिनुभयो ।

पूर्वखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष नीलकण्ठ भट्टराईले महायज्ञबाट उठेको रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्न सुझाब दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस