काठमाडौं । महोत्तरीको सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु) को काठ बरामद गरेको छ।
बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो।
बरामद काठको मूल्य करिब रु दुई लाख भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।
यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षा सशस्त्र प्रहरीको संयुक्त गस्ती परिचालन गर्न लागिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद
जापानका अनुसन्धानकर्ताले बनाए विश्वकै पहिलो काठको उपग्रह
वन सुरक्षा टोलीले बन्दुक पड्काएर नियन्त्रणमा लियो अवैध काठ