करेन्ट लागेर तीन जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २२ साउन २०७९, १४ : ४२
करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो । 

आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । 

साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको हेटौंडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज मुखियाको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । 

छिमेकीको घरमा चार्जमा राखेको बरफरआईसक्रिम बेच्न प्रयोग हुने ठेला छुँदा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।