करेन्ट लागेर बालकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, ०७ : ३९
करेन्ट लागेर बालकको मृत्यु

रौतहट । छतमा खेल्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।

ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो । 

आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस