एजेन्सी । ताइवानको रक्षा मन्त्रालयसँग सम्बद्ध प्रमुख अधिकारी याङ ली–सिङको शव शनिबार एउटा होटलको कोठामा भेटिएको छ । समाचार एजेन्सी रोयटर्सले ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीलाई उद्धृत गर्दै उनको हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।
याङ लि– सिङ सैन्य स्वामित्वमा रहेको चुङ सान इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, रक्षा मन्त्रालयको अनुसन्धान र विकास शाखाका उपप्रमुख थिए ।
५७ वर्षीय याङको हृदयघातका कारण मृत्यु भएको र उनको कोठामा ‘घुसपैठ’को कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् । उनको मुटुसम्बन्धी समस्या रहेको परिवारले जनाएका छन् ।
याङ लि सिंह दक्षिणी काउन्टी पिङतुङमा व्यापारको लागि गएका थिए । उनले यस वर्षको सुरूमा धेरै मिसाइल उत्पादन परियोजनाहरूको निरीक्षण गर्न उपप्रमुखको रूपमा पदभार ग्रहण गरेका थिए ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ताइवानले चीनबाट बढ्दो खतरालाई ध्यानमा राख्दै यस वर्ष आफ्नो वार्षिक मिसाइल उत्पादन क्षमतालाई दोब्बरभन्दा बढी पुर्याउनका लागि काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ साउन २०७९, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानमा अस्पतालमा आगलागी, आठ जनाको मृत्यु
ताइवानमा आँधीका कारण आठ जनाको मृत्युः एक बेपत्ता, ८६६ घाइते
ताइवानमा नौ जना सवार जहाज डुब्यो
ताइवानी आकाशमा चिनियाँ लडाकु विमान
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
ताइवान भूकम्प अपडेट : ४ को मृत्यु, २६ वटा भवनमा क्षति