घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ : महासचिव पोखरेल

बुधबार, २७ मंसिर २०७४, १६ : २३
घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ  :  महासचिव पोखरेल

काठमाडौँ, २७ मंसिर । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताउनुभएको छ ।

आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताउनुभयो ।

“हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ”, उहाँले भन्नुभयो, “भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ ।” उहाँले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास नगर्न आग्रह गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ५ मा विजय हुनुभएका महासचिव पोखरेलले आफूले कुनै पनि विकास निर्माणलाई कति पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मतदाताको सुझावका आधारमा आफूले उक्त निर्वाचन क्षेत्रमा काम गर्ने बताउनुभयो ।

निर्वाचनको परिमाणले राजनीतिक स्थायित्व दिएको भन्दै उहाँले भन्नुभयो, “अब सरकारले ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ ।”(रासस)

 

प्रतिक्रिया दिनुहोस