काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।
यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिध सभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो । संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
त्यसपछि आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न लागिएको हो । जुन प्रधानमन्त्री देउवाकै नेतृत्वमा हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा-ओली ट्युनिङ थप सशक्त
एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छ : देउवा
कानुन न्याय तथा मानवअधिकार समितिमा देउवा
सरकारमा सहभागी पार्टीका मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी
सबै नेपालीबीच एकता र मेलमिलाप आवश्यक : देउवा
गृह जिल्ला पुगेर देउवाले भने-‘तपाईँहरूले भोट दिए ८४ मा पनि चुनाव लड्छु’