काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पहिलो केन्द्रीय समिति बैठक बोलाएको छ। साउन २१ गते शनिबार केन्द्रीय समिति बैठक बोलाएको भट्टराई निकट मानिने नेता विश्वदीप पाण्डेले जानकारी दिए।
पार्टी पुनर्गठन गर्ने निर्णय भएको झण्डै एक महिनापछि पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकमा पार्टी संगठन, आगामी चुनाव र समसामयिक बिषयमा छलफल हुने नेता पाण्डेले बताए।
असार २९मा काठमाडौंमा बसेको जनता समाजवादी पार्टीको भट्टरार्ई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवबाट रुपान्तरण सम्भव नभएको भन्दै नयाँ पार्टी बनाउने निर्णय गरेको थियो ।
भट्टराईको समूहले यसअघि दर्ता भएको पार्टीको नाम परिवर्तन गर्दै साउन १२ गते निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरिसकेको छ ।नयाँ पार्टी दर्ता भए पनि कस्तो र कुन खाले पार्टी बनाउने भन्नेबारे स्पष्ट खाका बनाउन सकेको छैन।
कसरी अघि बढ्ने भन्ने सन्दर्भमा निर्णय लिन नेपाल बैठक बोलाएको पाण्डेको भनाई छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ साउन २०७९, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुँगाको लडाइँ छाडौँ, फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रूपमा मनाऔँ : बाबुराम भट्टराई
रविबारेको आदेशमा बाबुरामको टिप्पणी : अदालतको विवेकपूर्ण निर्णय
ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
सोविताले भेटिन् बाबुराम
रविलाई भेट्न कास्की हिरासत पुगे बाबुराम भट्टराई
उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भए: बाबुराम भट्टराई