काठमाडौं । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुने बताए । प्रदेश मन्त्रिपरिषद्को २०७८ चैत २९ मा बसेको बैठकले प्रदेश सरकारले २०७९ सालमा दिने बिदासम्बन्धी निर्णय गरेको थियो ।
प्रदेश सरकारले नागपञ्चमीका साथै प्रदेश स्थापना तथा सहिद दिवस भदौ ४ गते, असार १५ धान दिवस (जुम्लाबाहेक), जुम्लामा चैत १२ गते धान दिवस, साउन १ गते देउडा दिवस, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी र कात्तिक ३ गते असोज शुक्ल पूर्णिमा, माघ १ गते चैते दशैँको अवसरमा बिदा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ साउन २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार सार्वजनिक बिदा
भोलि सार्वजनिक बिदा
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा
२०८२ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)
पाल्पाका सबै स्थानीय तहमा आज सार्वजनिक बिदा