घोराही । दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये घोराही उपमहागनरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिका बंगलाचुली मर्फेस घुम्न गएका थिए । पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किएका थिए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका–२ स्थित स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको प्रवक्ता रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, २० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चौध लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपिभी खोप
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत भेटिए
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन
झापामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
घाँसको भारी बोकेकी किशोरी भिरबाट खसिन्