काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महामन्त्री शर्माले भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा गम्भीर बन्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं ।
परराष्ट्र सम्बन्धमा व्यक्ति र दल होइन, देशलाई केन्द्रमा राखेर बढौं । हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्याउँछौं ! नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ साउन २०७९, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा
राजनीतिभन्दा पर बसेर नायक बन्न विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव
काँग्रेसलाई कसैले दबाउन खोजे आफैँ समाप्त हुन्छ : विश्वप्रकाश शर्मा
उपचुनावमा काँग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने विश्वप्रकाशको दाबी
उपनिर्वाचनको कमाण्ड विश्वप्रकाशले सम्हाल्ने