झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका पार्टीलाई चुनावबाट जसरी पनि पराजित गर्नुपर्ने बताएका छन्।
चार दिनका लागि बुधबार गृह जिल्ला झापा आएका एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका पार्टीले जनविरोधी काम गरिरहेको आरोप लगाए।उनले भने, ‘सत्ता गठबन्धनका पार्टीलाई अब चुनावबाट नै एकमुष्ठ विदा गर्नुपर्छ।’बुधबार झापाको बिर्तामोडमा नेकपा एमालेको बर्गीय संगठन नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए।
उनले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको आरोपसमेत लगाए। सत्ता गठबन्धनका पार्टीहरूले लोकतान्त्रिक मूल्यरमान्यताविपरितका काम गरिरहेको ओलीले बताए।
देशमा अनेकौं समस्या रहिरहेका बेला त्यो भन्दा अझै ठूलो समस्याका रुपमा सत्ता गठबन्धनका पार्टीहरूका क्रियाकलाप रहेको उनको भनाइ थियो।
सत्ता गठबन्धन देशलाई पछाडि धकेल्नका लागि बनेको ओलीको दाबी थियो।ओलीले भने, ‘निहीत स्वार्थका लागि बनेको यो गठबन्धन भत्काउनु र हराउनुको विकल्प छैन।’स्थानीय तहको निर्वाचनमा पार्टीका केही पुरुष कार्यकर्ताले अन्तरघात गरेको उनले बताए । तर महिला सदस्यले इमान्दारी देखाएको उनको भनाइ थियो।
उनले भने, ‘पार्टीलाई संकट परेका बेला पार्टीलाई बचाउन महिला कार्यकर्ताको योगदान अग्रपंक्तिमा रह्यो। केही पुरुष कार्यकर्ताले बइमान गरेका बेला महिलाले उनीहरूलाई सम्हाले।’
आगामी चुनावमा जित्ने संभावना भएका व्यक्तिहरूले उम्मेदवारीको टिकट पाउने ओलीले बताए। उनले पार्टीका हरेक नेता तथा कार्यकर्ताका गतिविधि सुक्ष्म तरिकाले हेरिराखिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ साउन २०७९, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली