काठमाडौं । विप्लव नेतृत्वको नेकपासहित पाँच कम्युनिस्ट पार्टी र एक मोर्चाबीच कार्यगत एकता कायमै रहेको छ । पछिल्लो समय केही कम्युनिस्ट घटकहरु साना पार्टीको गठबन्धनबाट बाहिरिएपनि यी पाँच कम्युनिस्ट र एक मोर्चा भने कायमै रहेका हुन् ।
कार्यगत एकता कायमै राख्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहूती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) रहेका छन् । जसमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा पनि समेल छ ।
गठबन्धनको बिहीबार बैठक बसेर आगामी संघर्षका कार्यक्रम तय गरिने बुधबार जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, २१ : २५
लेखकबाट थप