नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका–१ महालक्ष्मीस्थान स्थित भित्री सडकखण्डमा गएराती टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका–१ की अन्दाजी ३२ वर्षीया वसन्ती बलामी रहेकी छन् ।
बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागि काठमाडौंतर्फ ल्याइएको छ । घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका–१ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था गम्भीर रहेको छ ।
महालक्ष्मीस्थानबाट तरकारी लिएर काठमाडौं आउँदै गरेको बा ४ ख ३७२८ नम्बरको टिपर गएराती पौने ३ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो । टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु
टिपर दुर्घटना: १ जनाको मृत्यु, चितवनका दुई सहित चार जना गम्भीर घाइते
माग्दीको बुक्लामा टिपर दुर्घटना, दुईजनाको मृत्यु
बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु