स्याङ्जा। स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। टिपर दुर्घटना हुँदा पर्वतको कुश्मा नगरपालिका- १४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको गयराति नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।
गएराति आँधिखोला गाउँपालिका-५ कृषिस्थित कृषि-ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा शारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका- २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका-६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु
माग्दीको बुक्लामा टिपर दुर्घटना, दुईजनाको मृत्यु
बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना, चालकको मृत्यु