काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, ११ : १४
काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वडानम्बर-२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सूचना अधिकारी प्रहरी नायव निरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस