काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त नेपाली राजदूतहरूको पद तथा गोपनियताको शपथग्रहण गराएकी छन । शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) लाई शपथग्रहण गराउएकी हुन।
समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, २० : ३७
लेखकबाट थप