काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, ०७ : ५५
काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा, आगामी आम चुनावको रणनीति, सरकारको प्रभावकारिता र पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्था गठन र पूर्णताका विषयमा छलफल केन्द्रित छ ।

सरकारले गरेका काममाथि बैठकमा प्रश्न उठेपछि आजको  बैठकमा काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने छन् । महँगी, मल अभाव, संकटान्मुख अर्थतन्त्र, विवादित निर्णय नियुक्तिबारे नेताहरुले जमेर प्रश्न राखेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा समूह नेताले सरकारको आलोचना गरिरहेका छन् । केन्द्रीय सदस्यहरुले सरकारको काम कारबाहीको विषयमा पनि प्रश्न उठाएपछि बिहीबारको बैठकमा मन्त्रीहरुले पनि जवाफ दिने कार्यक्रम राखिएको  छ । 

भोलि बोल्न बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेर बैठक समापन गर्ने काँग्रेसको तयारी छ । सोमबारदेखि जारी बैठकमा काँग्रेसका ८३ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । 

केन्द्रीय केन्द्रीय सदस्यले बैठक आफ्नो धारणा राख्दा गठबन्धनको पक्षमा उभ्याएको प्रवक्ता डा। प्रकाशशरण महतको भनाइ छ । उनले भने, ‘अधिकांश साथीहरुले गठबन्धन गरेर जानुपर्ने मत राख्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस