काठमाडाैँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा एवं राष्ट्रियसभामा तत्काल उपसभापति र उपाध्यक्ष चयन गर्न माग गरेका छन्।मंगलबार राष्ट्रियसभाको विशेष समयमा गौतमले दुवै सदनमा रिक्त रहेको पदपूर्ति गर्न माग गरे।
गौतमले अध्यक्ष र उपाध्यक्षमध्ये एक पद महिला हुने भएकै कारणले नियुक्तिमा ढिलाइ भएको उल्लेख गरे।प्रतिनिधिसभामा ३० महिनादेखि उपसभामुख खाली छ भने राष्ट्रियसभामा चार महिनादेखि उपाध्यक्ष रिक्त छ।
‘राष्टियसभामा उपाध्यक्ष छानौँ, ढिलो भइसक्यो। प्रतिनिधिसभामा उपसभामुख नछानिँदा लाजमर्दो भयो’, गौतमले अगाडि भने, ‘उपाध्यक्ष छानौँ, सरकार, मन्त्रीको ध्यान जाओस्। महिला हुने भएकाले ढिलाइ भएको हो। यदि पुरुष नियुक्त हुन्थे भने तत्कालै हुन्थ्यो। महिलामान्यज्यूले आन्दोलन गर्नुपर्ने भएको छ।’
गौतमले राष्ट्रियसभाका चारमध्ये तीन समितिको सभापति नभएको प्रति पनि सदनको ध्यानाकर्षण गराए।
‘चारवटा समितिको सभापति पनि छानौँ। चारमध्ये तीन समितिको सभापति छैनन्। यसमा अध्यक्षको पनि ध्यान जाओस्’, उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १२ : ३३
लेखकबाट थप