काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्दैछ।बाबुराम पक्षले आज र भोलि काठमाडौंमा बैठक बस्न लागेको हो ।जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक भने भोलि (असार २९) र ३० गते वीरगञ्जमा बस्ने तय भएको छ ।
बैठकमा हाल पार्टीमा देखिएको अन्तरसंघर्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश-प्रतिनिधिसभा निर्वाचनको तयारी एजेन्डा रहेको बताइएको छ ।बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पनि पेश गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ११ : ३५
लेखकबाट थप