काठमाडाैँ । नेकपा केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता सुरु भएकाे छ।
ओलीकाे निवास भक्तपुरकाे बालकाेटमा भेटवार्ता सुरु भएकाे हाे पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले लिउकाे स्वागत गरेका थिए। दुवैबीच अहिले विविध विषयमा छलफल भइरहेकाे छ।भेटवार्तामा एमालेको तर्फबाट नेताहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई, कृष्ण केसी,अन्जान शाक्य र उषाकिरण भण्डारी सहभागी रहेका छन्।
चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्रमन्त्री नारायण खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ११ : १२
लेखकबाट थप