काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यौनहिंसाका अपराधीलाई जोगाउने ढंगले कानूनको व्याख्या हुने गरेको टिप्पणी गरेका छन ।
सांसद सुवालले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकिएको दृष्टान्त पेश गर्दै यौन हिंसाका अपराधीलाई जोगाउने गरी कानूनको व्याख्या हुने गरेको बताए ।
सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथिको छलफलमा भाग लिँदै उनले विद्यमान कानुनमा पनि यौन हिंसाका घटनामा संलग्नहरुलाई कारबाही गर्ने व्यवस्था भएपनि त्यसलाई कार्यान्वयन गर्न सरकारको नसकेको पटकपटक दोहो¥याए ।
सांसद सुवालले यौन हिंसा हुन नदिनका लागि नागरिकलाई शिक्षित बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग समेत गरे ।
सांसद सुवालले यौनहिंसा हुन नदिन नागरिकलाई आर्थिक रुपले पनि सवल बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असार २०७९, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल
सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल
गाउँ-गाउँमा सिंहदरवार गएन बरु माननीयज्यूले गाउँलाई सिंहदरवार ल्याइपुर्याए : प्रेम सुवाल
काठमाडौंवासी खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल
गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा : प्रेम सुवाल
सदन संसदीय व्यवस्थाअनुसार चलेन, सत्तापक्ष र प्रतिपक्षबिच भागबण्डा मात्रै भयो : सांसद सुवाल