काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको पहिलो बैठकमा नै कुटाकुट भएको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको पहिलो बैठकमा कुटाकुट भएको हो ।
राप्रपा महिला संघको अध्यक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै अन्जना रावल शाहलाई नियुक्त गरेका थिए ।शाह अध्यक्षमा नियुक्त भएपछि आज बसेको पहिलो बैठकमा असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए ।
उनीहरुले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै स्वीकार नगर्ने बताएका थिए। बैठकमा अध्यक्षलाई नै स्वीकार गर्ने अवस्था नआएपछि दुवै पक्षबीच भनाभन भएको थियो ।
त्यसपछि हानाहान भएको थियो । हानाहानको क्रममा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएका एक नेताले देशसञ्चारलाई जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ असार २०७९, १८ : २३
लेखकबाट थप