स्पेनमा राखोयलाई विस्थापित गरी सान्चेज प्रधानमन्त्री

शनिबार, १९ जेठ २०७५, १६ : १९
स्पेनमा राखोयलाई विस्थापित गरी सान्चेज प्रधानमन्त्री

मड्रिड। स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसद्मा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् ।

उनको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए ।सोसलिष्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि पेड्रोलाई मतदान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि सान्चेजले आफ्नो जिम्मेवारीप्रति आफू सतर्क रहेको बताएका छन् । स्पेनको जटील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्नु आफ्नो मुख्य चुनौती रहेको उनको भनाइ छ ।

उनले आफू वार्ता मार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताएका छन् ।स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिएका छन् । उनले निवर्तमान प्रधानमन्त्री राजोएविरुद्ध भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव राखेका थिए । अविस्वासको प्रस्ताव विरुद्ध राजोएले विश्वासको मत पु¥याउन नसकेपछि सन्चेज प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस