एजेन्सी । लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ । प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो ।
लेबनानका विस्थापित व्यवस्थापन मन्त्री इस्साम चाराफेड्डीनले सोमबार दिएको जानकारीअनुसार योजनालाई कडाइका साथ कार्यान्वयन गर्ने अठोट सरकारले लिएको छ । योजनालाई कार्यान्वयन गर्नका लागि दुई वटा छुट्टा छुट्टै समिति बनाउने तयारी भइरहेको पनि उनले बताए ।
एउटा समितिमा लेबनान, सिरिया र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्च आयुक्तको कार्यालयका प्रतिनिधि रहनेछन् भने अर्को समितिमा लेबनान, टर्की, जोर्डन र इराकका प्रतिनिधिहरू रहने भएका छन् ।
सिरियाली शरणार्थीहरूले भने सिरियाको युद्ध अन्त्य नहुँदासम्म त्यहाँ बस्ने अवस्था नरहेकाले आफूहरू फर्किन नचाहेको बताउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ असार २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता