भारतमा आँधीका कारण २१ जनाको मृत्यु

शुक्रबार, १८ जेठ २०७५, १७ : ३६
भारतमा आँधीका कारण २१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् ।

यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

गत महिना भारतका अरु विभिन्न पाँच वटा राज्यमा भीषण वर्षापछि आएको हावाहुरी सहितको आँधीमा २५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सयभन्दा बढी घाइते भएका थिए । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस